भारतको नयाँदिल्ली स्थित गुडगाँउमा हालै सम्पन्न ‘वर्ल्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा नेपाली न्युरोसर्जन डा. अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ । डा.थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पुर्याएर निकाल्ने तरिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा प्रस्तुत कार्यपत्रमा उनले स्पाइनमा देखिने ट्युमरहरु तुलनात्मक रूपमा अत्यन्त जटिल मानिने भएकाले तिनलाई निकाल्दा हाड काटेर निकाल्नुपर्ने र साथमा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने अनि लामो समयसम्म आराम गर्नुपर्ने तुलनात्मक अध्ययन बारे चर्चा गरेका थिए ।

For More: https://khabarmanch.com/?p=2227  

Consultation Hours

  • Sun to Fri: 8:00 AM - 6:00 PM
  • Sat: Closed
WhatsApp
×

Quick Connect