प्रोफेसर डाक्टर अमित थापा एक प्रख्यात स्नायु शल्यचिकित्सक हुन् जसले दुई दशकभन्दा बढी समय स्नायु शल्यकृयाको क्षेत्रमा उलेखनीय सेवा दिदैँ आएका छन् । उनले नेपाल र भारतका प्रख्यात संस्थाहरुमा प्रशिक्षण प्राप्त गरेपछी अमेरिका, क्यानडा र इङ्गल्याण्डमा थप अध्य्यन गरेर प्रसिद्ध बिज्ञहरुको मार्गदर्शनद्वारा आफ्नो सिपलाई अझ निखारेका छन् ।
आफ्नो चिकित्सीय-सेवाको यात्रामा उनले उपेन्द्र देवकोटा मेमोरियल-नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइंसेज , नर्भिक इन्टरनेशनल अस्पताल र श्री वीरेन्द्र मिलिटरी अस्पताल जस्ता उल्लेखनीय अस्पतालहरूमा न्यूरोसर्जिकल विभागहरूमा काम गरे। उनले ग्रान्डी इन्टरनेशनल अस्पतालमा न्यूरोसाइन्स विभाग स्थापना र अध्यक्षता गरे। सन् २०१२ मा डा. थापाले काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा स्नायु शल्यचिकित्सा इकाईको स्थापना गरे, जुन पछी काठमाडौं विश्वविद्यालयबाट पूर्ण विभागको रुपमा मान्यता प्राप्त भयो । उनको नेतृत्वमा, यो विभाग नेपालमा विश्वस्तरीय स्नायु शल्यचिकित्साको प्रतीक बनेको छ।
नेपालमा धेरे किसिमका विश्वसनीय उच्च प्रबिधि को पहिलो चोटी प्रयोग र शल्यक्रियाका नयाँ आयामहरू वहाले सफलतासीत प्रयोग गर्नु भएको छ । एक सक्रिय शैक्षिक व्यक्तित्वका रूपमा, डा. थापाले स्नायु विज्ञानका प्रमुख क्षेत्रमा आफ्नो अनुसन्धान तथा खोज प्राय: प्रकाशन गर्दै आएका छन् । उक्त योगदानका लागी विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट प्रशंसा प्राप्त गरेका छन् । डा. थापाले राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनहरुमा थुप्रै स्नायु विज्ञान सम्बन्धी सत्रहरुको आयोजना र अध्यक्षता गरेका छन् र नयाँ विशेषज्ञहरूको प्रशिक्षणमा समर्पित भएका छन्।
सशक्त स्वास्थ्य सेवामा समर्पित डा. थापाले देशका प्रमुख अस्पतालहरूमा "न्युरोसाइन्स सेन्टर” स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका छन्, जसले स्नायुविज्ञानमा काम गर्ने सबै विशेषज्ञहरुलाई एक छानामुनी ल्याइ, अत्याधुनिक चिकित्सा उपकरणहरु र प्रमाणमा आधारित अभ्यासमार्फत विरामिहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न केन्द्रीत गर्नेछ ।
धेरै उपलब्धिहरूका बाबजुद पनि, डा. थापा सधैं सरल रहन्छन् र आफ्नो सफलताको श्रेय आफ्ना बिरामीहरू, परिवारहरू र अभिभावकहरूको समर्थनलाई दिन्छन्। उनले बिरामीहरूको पीडामा राहत दिने कार्यमा कर्म-संतुष्ठी पाउँछन् र आफूले मद्दत गरेका व्यक्तिहरूको मुस्कानलाई महत्त्व दिन्छन्। डा. अमित थापाले बिशेषतह रिढ़को हड्डी र मेरुदंड को नशाको शल्यकृया, परिधिय स्नायुको शल्यकृया, मस्तिष्कको शल्यकृया, गतिविधी विकार्, मिर्गी रोग, पिडा ब्यवस्थापन, हाथ र खुट्टा को नशा बिग्रेको र ट्यूमर को शल्यकृया, दूरबीन प्रविधि बाट सानो प्याल पारि, नाक को दुलो बाट टाउको नखोली ब्रेन ट्यूमर को शल्यकृया र रोबोट टेक्नोलोजी बाट ब्रेन शल्यकृयाका लागी सेवा प्रदान गर्दछन् ।
डा. थापा हाल नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रुपमा दर्ता छन्,साथै काठ्माडौं मेडिकल कलेज र शिक्षण अस्पतालको स्नायु शल्यचिकित्सा विभागमा प्रोफेसरको रूपमा कार्यरत छन्, साथै फ्रन्टलाइन अस्पताल, काठमाडौंमा वरिष्ठ स्नायु शल्यचिकित्सक हुन्। उनका पेशागत योग्यताहरूमा M.B.B.S., M.S. (जनरल सर्जरी), M.Ch. (न्युरोसर्जरी), न्युरो एन्डोस्कोपिक सर्जरी (ब्रेन र स्पाइन) मा फेलोशिप, र IFAANS (अन्तर्राष्ट्रिय फेलो अफ AANS) समावेश छन्।
स्नायु शल्यचिकित्सामा अग्रणी विशेषज्ञ बन्न, अत्याधुनिक उपचारहरूमा अग्रसर रहँदै स्नायु विज्ञानको प्रगतिमा योगदान पुर्याउने । नवीनतम अनुसन्धान र प्रविधिलाई क्लिनिकल अभ्यासमा समाहित गरी विश्वव्यापी रूपमा बिरामीहरूको नतिजालाई सुधार गर्ने र स्नायु शल्यचिकित्सामा उत्कृष्टताका लागि नयाँ मापदण्डहरू स्थापित गर्ने।