काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको र यो प्रविधि नेपालमै पहिलोपटक प्रयोग भएको केएमसीले जनाएको छ । ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउन उक्त माइक्रोस्कोपको आवश्यक भएकाले जडान गरिएको अस्पतालका न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापा बताए । 

For More: https://hamrodoctornews.com/detail/24381

Consultation Hours

  • Sun to Fri: 8:00 AM - 6:00 PM
  • Sat: Closed
WhatsApp
×

Quick Connect