गर्मीयाम भन्दा जाडोयाममा ब्रेन ह्यामरेजको समस्या बढी हुन्छ। जाडो मौसममा उच्च रक्तचापको समस्या बढ्दै जानु, शारीरिक रुपमा सक्रियता कम हुनु ,हाइपरटेन्सन बढ्नु, तनाव बढ्नु जस्ता कारणले ब्रेन ह्यामरेजको समस्या बढी हुने गरेको हो। हाइपरटेन्सन भएका तर औषधिको सेवन नगरेका मानिसहरुमा ब्रेन ह्यामरेज भएर अस्पतालको आकस्मिक कक्षमा आइपुग्ने गरेका छन्। ब्रेन ह्यामरेज भएकामध्ये ८० देखी ८५ प्रतिशत मानिसहरुलाई उच्च रक्तचापको समस्या हुने गरेको छ।
ब्रेन ह्यामरेजका जोखिम तत्वहरु
–शारीरिक क्रियाकलापमा कमी हुनु।
–चिल्लो खानेकुराको प्रयोग बढी गर्नु।
–सुगर, उच्च रक्तचाप।
–सामाजिक सञ्जालको प्रयोग बढी गर्नु।
–मानसिक तनाव बढ्नु।
–धुम्रपान
–प्रदुषण 

Consultation Hours

  • Sun to Fri: 8:00 AM - 6:00 PM
  • Sat: Closed
WhatsApp
×

Quick Connect