मेरुदण्डको ट्युमर निकाल्न गरिने शल्यक्रिया सहज र कम खर्चिलो बनाउने विधिको सफलतापूर्वक प्रयोग गरेको भन्दै नेपालका न्यूरो सर्जरी विशेषज्ञ डा. अमित थापा (३८) पुरस्कृत भएका छन्। वर्ल्ड स्पाइनल कोलम सोसाइटीद्वारा गत वैशाखमा भारतको गुडगाँवमा आयोजित 'वर्ल्ड स्पाइन सेभेन' सम्मेलनमा थापाले उपलब्धि हासिल गरेका हुन्। सम्मेलनमा थापाले हड्डी उठाएर ट्युमर निकालिने शल्यचिकित्साबाट धेरै हड्डी काटेर फाल्नुपर्ने, बिरामीलाई पीडा र खर्च पनि बढी हुने उपचारको साटो सानो प्वाल बनाई त्यहींबाटै ट्युमर निकाल्नु धेरै फाइदा हुनेबारे कार्यपत्र प्रस्तुत गरेका थिए। थापाको यो कार्यपत्र सम्मेलनमा प्रस्तुत कार्यपत्रमध्ये प्रथम ठहरिएको थियो।
For More: https://nepalihimal.com/article/8165