काठमाडौंमा आयोजना गरिएको म्याक्स अस्पताल दिल्लीको न्यूरो सर्जरी सम्बन्धी एक दिने सेमिनार बिशेष आकर्षण बनेको छ। उक्त कार्यक्रममा म्याक्स अस्पतालका न्यूरो सर्जरी विभागका निर्देशक प्रा.डा. सुमित सिन्हा र डा. रजनीश कुमारले मुख्य लेक्चर दिएका थिए । उनीहरुले आफ्नो विशेषज्ञता र अनुभवलाई चर्चा गर्दै न्यूरो सर्जरीको नवीनतम प्रवृत्तिहरूको बारेमा छलफल गरेका थिए। न्यूरो सर्जरीमा रोबोटिक सर्जरी कसरि गर्न सकिन्छ ? बिरामीहरुलाई कसरि फाइदाजनक छ भन्ने बिषयमा पनि छलफल भएको थियो । त्यस्तै, ओम अस्पतालका न्यूरो सर्जन प्रा.डा. पवन सुल्तानिया, काठमाडौँ मेडिकल कलेजका न्यूरो सर्जन प्रा.डा. अमित थापा, र बिराटनगर स्थित न्यूरो कार्डियो मल्टीस्पेशलिटी अस्पतालका न्यूरो सर्जन प्रा.डा. यम बहादुर रोक्का पनि आफ्ना लेक्चर दिएका थिए। 

Consultation Hours

  • Sun to Fri: 8:00 AM - 6:00 PM
  • Sat: Closed
WhatsApp
×

Quick Connect