मिस केटी (नाम परिर्वतन) लाई मेरुदण्डको तल्लो भागको हड्डी भाँचिएको तथा मेरुदण्डको आकार विकृत भएपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरोसर्जरीमा भर्ना गरिएको थियो । उनले आफ्नो मेरुदण्ड ठीक गर्न मिनिमल इनभेसिभ स्पाइन सर्जरी (एमआईएसएस) गराइन् । यो उपचारमा उनले नत परम्परागत रुपमा चिरेर गरिने अप्रेसन पद्दति जस्तो लामो समय अस्पताल भर्ना भएर बस्नु पर्यो नत ढाडमा ठूलो घाउ नै बनाउनु पर्यो । केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले मेरुदण्डको भाच्चिएको हड्डीलाई सिधा बनाउन अत्याधुनिक एमआईएसएस प्रविधिबाट इमेज डाइरेक्सन अनुसार मेरुदण्डको भाच्चिएको हड्डीलाई सिधा बनाउन ससाना प्वालहरु मार्फत पेचहरु राखेका थिए ।